×

जन्त्र मन्त्र तन्त्र यन्त्रको हुकुम (नेपाली)

तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की

Description

यस निबन्धमा जन्त्र मन्त्र र तन्त्रबारे संक्षिप्त जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

Download Book

    जन्त्र मन्त्र यन्त्र तन्त्रको हुकुम

    [ नेपाली - Nepali -نيبالي ]

    लेखकः

    अतीकुर्रहमान मो.इदरीस खान मक्की

    2013 - 1434

    حكم الرقى والتمائم والتولة

    « باللغة النيبالية »

    تأليف:

    عتيق الرحمن محمد إدريس خان مكي

    2013 - 1434


    सर्वाधिकार लेखकमा सुरक्षित छ ।

    بسم الله الرحمن الرحيم

    الحمد لله و الصلاة و السلام على نبينا محمد و على آله و صحبه أجمعين

    सम्पूर्ण प्रशंसा अल्लाहीको लागी हो। र दरूद र सलाम उनका दूत्त महुम्मद् र उनका परिवार र साथीहरुमाथि होस्।

    बिस्मिल्लाहिर्रहमानिर्रहीम

    समस्त प्रशंसा त्यस अल्लाहका लागि छ जुन सम्पूर्ण जगतको स्वामी हो, र शान्ति होस् अल्लाहको अन्तिम संदेष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि र उहाँको घरवालाहरू र संपूर्ण साथीहरू माथि र उहाँको पद्धतिको अनुशरण गर्नेवालाहरू माथि ।

    प्रिय पाठकहरू ! हाम्रा समाजमा जन्त्र मन्त्र तन्त्र अदि विभिन्न प्रकारका छन्, र बेगला बेगलै तरिकाले त्यसलाई कार्यन्वयन गरिन्छ, त्यस मध्ये अधिकतम इस्लामीय विधि विरुद्ध छन् । आउनुस् पहिला हामी बुझौ कि जन्त्र मन्त्र तन्त्र यन्त्र कसलाई भन्छन् ।

    जन्त्र, मन्त्रः कुनै श्लोक मन्त्र अदि पढेर फूँकनुलाई जन्त्र र मन्त्र भिनन्छ ।

    यन्त्र, तन्त्रः तअवीज, घुँघा, धर्को र अरु यस जस्ता कुनै वस्तु पनि घाँटी अथवा घर गाडीमा लटकाउनु अथवा हातमा बाँधनुलाई तन्त्र र यन्त्र भनिन्छ ।

    तेवलाः एउटा यस्तो मन्त्र जसद्वारा लोग्ने स्वास्नी बीच प्रेमभाव उत्पन्न गराईन्छ ।

    यन्त्र तन्त्र अदि सबै इसलामीय दृष्टिकोणले हराम (वर्जित) छन्, कुनै प्रकारका पनि हुन । तैपनि यदि तअवीज कुरअनका आयतहरूबाट बनाइएको छ भने केही विद्वानहरूले त्यसलाई जायज (ग्राह्य) भनेका छन् तर यो शर्तको साथ कि कुरअनको सम्मान एवं प्रतिष्ठाको रक्षा गरियोस् । तर यस्तो गर्नु असम्भव छ किनकी मान्छे दिनभरीमा कैयों पटक अपवित्र हुन्छ र त्यसै अपवित्रताको अवस्थामा कुरअनका अयतहरूलाई घाँटीमा झुन्डियाएको हुन्छ यो कार्य कुरअनको प्रतिष्ठा विरुद्ध छ र मान्छेलाई पाप लाग्छ । यसै कारण सबै विद्वानहरूले सर्वसहमतिको साथ यसलाई हराम भनेका छन् । उप्रोक्त वस्तुहरूको हराम हुनुको केही प्रमाणहरूः

    अल्लाहको फर्मान छः

    अर्थः हे नबी भन्नुस् ! यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने के अल्लाह बाहेक जसलाई तिमीहरू गुहार्छौ त्यस कष्टलाई हटाउन सक्छन् ? वा अल्लाह ममाथि कृपा गर्न चाहन्छ भने के उनीहरू अल्लाहको कृपालाई रोक्न सक्छन् ? भनिदिनुस् मलाई अल्लाह नै पर्याप्त छ । ( सूरः अज्जोमर - ३८ )

    र रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः

    अर्थः जसले यन्त्र लटकायो अल्लाह त्यसको मनोकामना पूर्ण नगरुन् । (मुस्नदअहमद) र आर्को हदीसमा छ

    अर्थः जसले यन्त्र लटकायो त्यसले शिर्क गर्यो । र यस्तै आर्को हदीसमा छ

    अर्थः यन्त्र मन्त्र तन्त्र र तेवला शिर्क हुन् । ( बुखारी )

    शिर्कः अल्लाहको साथ कसैलाई साझीदार ठान्ने धारणालाई शिर्क भनिन्छ ।

    प्रिय पाठकहरू ! तपाईलाई यो ज्ञात भयो कि इस्लामीय विधि अनुसार हात, घाँटी, घर अथवा गाडीमा कुनै पनि वस्तु लटकाउनु वा झुन्डियाउनु शिर्क हो, र शिर्कको बारेमा अल्लाहको फर्मान छः

    अर्थः निःसंदेह अल्लाह शिर्कलाई (बहुदववादलाई) क्षमा गर्ने छैनन्, र त्यस बाहेक जुनसुकै पापलाई पनि माफ गरिदिन्छन् । (सूरः अन्निसा -४८ )

    आर्को ठाउँमा अल्लाहको फर्मान छः

    अर्थः शिर्क सबै भन्दा जघन्य अपराध हो । ( सूरः लुकमान -१३)

    प्रिय पाठकहरू ! हाम्रो समाजमा अनेकौ प्रकारका शिर्कीय गतिविधि भईरहेका छन्, तपाई त्यसबाटा टाढा रहनु यो तपाईको परम् कर्त्व्य हो । हामीलाई चाहियो कि यी सबै पाखण्डबाट टाढा रहौं र अल्लाहको कृपा एवं दयाको अशा राखौं, त्यही विरामी दिन्छ र संचो पनि गर्छ । उप्रोक्त वस्तुहरूमा कष्ट हटाउने कुनै शक्ति छैन । यदि कोही कष्ट हटायन सक्छ भने त्यो परम् शक्तिमान अल्लाह नै हो, तसर्थ उसैसित विन्ती गरौं हाम्रा रोगहरूका सम्पूर्ण औसधि उसै पालनकर्तासंग छ ।

    मन्त्र अर्थात झारफूँक झारफूँक दुई प्रकारका छन् ।

    १- अवैध हराम झारफूँक, अर्थात टोना टोट्का जादू आदि कुरआन बाहेकका कुनै पनि मन्त्रद्वारा झारफूँक गर्नु अवैध छ ।

    २- हलाल वैध झारफूँक, त्यो सप्पै झारफूँक वैध छन् जुन कुरआनबाट होस्, अर्थात कुरआनका श्लोक ( अयत ) हरू पढेर झारफूँक गरियोस् । उदाहरण स्वरूप सूरः फातिहा, सूरः इख्लास, सूरः फलक, सूरः अन्नास, सूरः अल् फलकलाई पढेर थुक मिसाई वा बिना थुक विरामी माथि फूँकनु, वा पीडा भएको अंगमा फूँकनु अदि ।

    झरफूँकका लागि थुप्रै आयात र हदीसहरू छन् त्यस मध्ये क्षमता र ज्ञान अनुसार पढेर झारफूँक गर्न सकिन्छ ।

    प्रिय पाठकहरू ! मलाई आशा छ कि यो सानो निबन्ध पढे पश्चात तपाईहरू अवैध क्रियाकलापलाई छाडि वैध झारफूँकद्वारा लाभ प्राप्त गर्नु हुनेछ। मेरो अल्लाहसित यो प्रार्थना छ कि अल्लाह हामीलाई हिष्टपुष्ट राखुन् र हाम्रा विरामीहरूलाई स्वस्थ पारुन्, र हामीलाई शिर्कबाट टाढा रहने शक्ति प्रदान गरुन्, र हामीलाई संसारमा इस्लाम माथि जीवित राखुन्, र हाम्रो अन्त ईमानमाथि गराउन् । ( अमीन )

    हे पालनकर्ता ! हामीलाई सत्कर्म गर्ने शक्ति प्रदान गर, र इस्लाम एवं ईमानमथि सुदृढ रहने शक्ति एवं भक्ति प्रदान गर । (आमीन)

    प्रार्थीः

    अतीकुर्रहमान मो. इदरीस खान मक्की

    कपिलवस्तु नगरपनलिका महुवा वार्ड न.९ तौलिहवा कपिलवस्तु नेपाल

    मो.००९७७ ९७२७६४९२३८

    معلومات المادة باللغة العربية