×

जादू र पाखण्डबारे महत्वपूर्ण ज्ञान (नेपाली)

तयारी: अतीकुर्रहमान मो. इदरीस खान मक्की

Description

यस निबन्धमा जादू र पाखण्डबारे संक्षिप्त जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

Download Book

    जादू र पाखण्डबारे महत्वपूर्ण ज्ञान

    [ नेपाली - Nepali -نيبالي ]

    अतीकुर्रहमान मो.इदरीस खान मक्की

    2013 - 1434

    السحر والشعوذة

    « باللغة النيبالية »

    عتيق الرحمن محمد إدريس خان مكي

    2013 - 1434


    सर्वाधिकार लेखकमा सुरक्षित छ ।

    بسم الله الرحمن الرحيم

    الحمد لله و الصلاة و السلام على نبينا محمد و على آله و صحبه أجمعين

    सम्पूर्ण प्रशंसा अल्लाहको लागी हो। र दरूदो सलाम उनका दूत्त महुम्मद र उनका परिवार र साथीहरुमाथि होस्।

    बिस्मिल्लाहिर्रहमानिर्रहीम

    समस्त प्रशंसाहरू त्यस अल्लाहका लागि छन् जुन सम्पूर्ण जगतको स्वामी हो, र शान्ति होस् अल्लाहको अन्तिम संदेष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि र उहाँको घरवालाहरू र संपूर्ण साथीहरू माथि अम्मा बअदः

    प्रिय पाठकहरू ! यो विशाल संसारमा बस्ने समस्त प्राणीहरू मध्ये उत्कृष्ट प्राणी मनुष्य हो, अल्लाहले मनुष्यलाई अफ्नो प्रतिनिधि बनाएर यस संसारमा पठाएको छ । र मनुष्यको लागि नै संसारका समस्त सृष्टिलाई उत्पन्न गरेको छ, ताकि मनुष्य त्यसको उपभोग गरोस्, र अल्लाहको कृतज्ञता प्रकट गरोस् । तर केही मान्छेहरू कृतज्ञता प्रकट नगरी अल्लाहले निर्धारित गरेका सीमाहरूको उल्लंघन र अतिक्रमण गर्छन्, त्यसै मान्छेहरू मध्ये जादूगर र पाखण्डीहरू हुन ।

    हाम्रो समाजमा पाखण्डीहरूको कमी छैन, र पाखण्ड माथि विश्वास गर्नेहरूको पनि कमी छैन । सबै पाखण्डीहरू हाम्रा पैसा खानुको निम्ति यस्तो पाखण्ड गर्छन् । यदि उनी अन्तरयामी भएको भए संसारका सबै भन्दा सम्पन्न मान्छे बन्न सक्थे, तर यस्तो देखिदैन, बरु उनीहरू झूठ बोलेर हाम्रै पैसा ठगी गरेर आफ्नो जीवन ब्यतीत गर्छन् । यस्तै जादूगरहरू भूत पिचास र जिन्नातको सहायताले अथवा जादूको प्रभावले हामीलाई हानि पुर्याउँछन् अथवा हाम्रा विरामीलाई संचो गर्ने दाबी गर्छन् ।

    जादू नास्तिक्ता हो, अल्लाहको फर्मान छ !

    अर्थः र उनीहरू त्यस चीजको पछि लागे जसलाई सुलैमानको राज्यकालमा शैतानहरूले पढने गर्दथे । तर सुलैमानले बिल्कुलै कुफ्र गरेनन् बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे जुन "बाबुल" शहरमा दुई जना फरिश्ता (अर्थात) हारूत र मारूत माथि अवतरित भएको थियो । ती दुवैले पनि कसैलाई तब सम्म केही सिकाउन्नथे जब सम्म यो भन्दैनथे कि हामी त एउटा परिक्षणमा छौं, तिमी कुफ्रमा नलाग । फेरि पनि मानिसहरूले तिनीहरूसित यस्तो जादू सिक्दथे जसबाट पति पत्नी बीच सम्बन्ध विच्छेद भइहालोस् र वास्तवमा अल्लाहको इच्छा न भई, तिनीहरूले त्यसबाट कसैको केही बिगार्न सक्दैनन् । र यिनीहरूले यस्ता मन्त्र सिक्दथे जसले तिनलाई हानि पुर्याओस् र लाभ पुर्याउन नसकोस् । र तिनीहरू विश्वासका साथ जान्दछन् कि यस्ता कुराहरू लिनेहरूको परलोकमा केही अंश हुँदैन र त्यो निकृष्ट चीज हो जसको सट्टामा तिनीहरूले आफ्ना ज्यान बेचिहाले । कति राम्रो हुन्थ्यो यदि तिनीहरू यो कुरा जानेको भए । (सूरः बकरः १०२)

    र यस्तै रसूल सल्लल्लाहो अलैहि वसल्लमको फर्मान छ !

    अर्थः सात सर्वनाश गर्ने कुराहरूबाट आफूलाई जोगाऊ, उहाँका साथीहरूले सोधे ती कुराहरू के हुन ? नबी सल्लल्लाहो अलैहि वसल्लमले भन्नु भयोः अल्लाहसंग कसैलाई साझीदार बनाउनु, र जादू गर्नु.....।(बुखारी, मुस्लिम) र आर्को ठाँउमा रसूल सल्लल्लाहो अलैहि वसल्लमको फर्मान छः

    अर्थः जुन व्यक्ति अन्तरयामी हुने दाबी गर्ने पाखण्डी कहाँ जान्छ, र त्योसंग केही सोध्छ भने त्यसको ४० दिनको नमाज स्वीकार्य हुँदैन ।(मुस्लिम) र यस्तै आर्को हदीसमा रसूल सल्लल्लाहो अलैहि वसल्लमको फर्मान छः

    अर्थः जुन मान्छेले कुनै अन्तरयामी हुने पाखण्डीको कुरालाई सत्य ठान्यो भने त्यसले मुहम्मद सल्लल्लाहो अलैहि वसल्लम माथि अवतरित गरिएको कुराको इन्कार गर्यो । (अबू दाऊद)

    उप्रोक्त अयत र हदीसहरूबाट यो सिद्ध हुन्छ कि अन्तरयामी पाखण्डी निकट जानु र उनीहरूको कुरालाई सत्य ठान्नु नास्तिकता हो, र यस्तो मान्छे इस्लामको सीमाबाट निस्की हाल्छ । र यो पनि सिद्ध भयो कि जादू प्रभावी हुन्छ, र जादू गर्ने मान्छ काफिर भई हाल्छ ।

    जादूको प्रभाव हामी माथि किन पर्छ ?

    १- हाम्रा ईमानमा कमी हुनु । र एकेश्वरवाद माथि पूर्ण तरिकाले विश्वास न हुनु ..आदि।

    २- इस्लाममा अनिवार्य गरिएका कार्यहरूलाई निरंत्रताले छाडदै रहनु जसरी नमाज नपढनु, ब्रत नबस्नु आदि ।

    ३- निरंत्रताले पापहरू गर्दै रहनु जस्तो ब्यभिचार, चोरी मदीरा सेवन आदि ।

    जादूगर र पाखण्डीहरूका केही लक्षणहरू !

    केही यस्ता लक्षणहरू (चिन्ह) छन् जसबाट यो पुष्टि हुन्छ कि विरामीलाई संचोपार्ने दाबीगर्ने मान्छे जादूगर एवं पाखण्डी हो !

    १- रोगीको नाम सोध्नु ।

    २- रोगीको अमा बुवाको नाम सोध्नु ।

    ३- रोगीको जन्म तिथि सोध्नु ।

    ४- रोगिको लुगा माँग्नु ।

    ५- कुनै विशिष्ट जनावरको माँगगर्नु ।

    ६- यस्तो मन्त्र लेखी ताबीज बनाउनु जस्को अर्थ न बुझियोस् ।

    ७- रेखा तानेर अथवा केही संख्या अथवा केही अक्षरहरू लेखेर विरामीलाई बाँध्नु एवं झुन्डियाउनको लागि दिनु ।

    ८- अन्धयारोमा एक्लै बस्ने आदेश दिनु ।

    ९- रोगीलाई केही समयको लागि पानी न छुने (स्पर्श नगर्ने) आदेश दिनु ।

    १०- विरामीलाई धरतीमा गाडनुको लागि केही वस्तु दिनु ।

    ११- रोगीको गोप्य कुराहरूबारे बताउनु अदि ।

    जादू टोनाबाट बाँच्ने विधिहरू !

    क- अल्लाह माथि पूर्ण विश्वास राख्नु ।

    ख- सुकर्म गर्नु र कुकर्मबाट टाढा रहनु ।

    ग- अल्लाहको अधिकतम् समयमा गुणगान गर्नु ।

    ती गुणगान मध्ये केही निम्न हुन !

    १-आयतल् कुर्सीको पाठ गर्नु, विशेष गरी सुतने समय, र निद्राबाट उठने समय, र प्रत्येक नमाज पछि ।

    २- सूरः बकरःको पाठ गर्नु ।

    ३- सूरः बकरःको अन्तिम आयतहरूको पाठ गर्नु ।

    ४- दिनमा हरेक क्षण अल्ल्हको शरण चाहनु ।

    ५- आफ्नो घरलाई चित्रहरू र कुकुरबाट पवित्र गर्नु, अर्थात चित्र र कुकुर घरमा न राख्नु ।

    ६- सातवटा अजवा खजूर विहानै विहानै खानु आदि ।

    जादू र टोनाबाट संचो हुनुको लागि लाभदायक दुआहरू !

    · सूरः फातिहा, सूरः काफिरून, सूरः फलक, सूरः इख्लास, र सूरः नासलाई पढेर विरामी माथि फूंकनु ।

    र निम्नलिखित दुआहरू पनि अति लाभदायक सिद्ध छन् ।

    · अल्लाहुम्मा रब्बिन्नासि अजहबिल् बअसा वशफे अन्तश्शाफी ला शिफाआ इल्ला शिफाउका शिफाउन् लायोगादरु सकमा ।

    · अफ्नो हात विरामीको पीडा भएको ठाउँमा राख्नु र तीन चोटि बिस्मिल्लाह पढनुस् र सात चोटि यो भन्नुस् " अऊजु बेइज्जतिल्लाहे वकुदरतिही मिन शर्रे माअजेदु व ओहाजेरु ।

    · बिस्मिल्लाहे अरकीका मिन कुल्ले शैइन् यूजीका वमिन शर्रे कुल्ले नफसिन् अव अैनिन् हासेदिन् अल्लाहु यशफीका बिस्मिल्लाहे अरकीका ।

    प्रिय पाठकहरू ! यो सानो निबन्धको अध्यन गरेपछि तपाईलाई यो थाहा भइहाल्यो होला कि जादू टोना पाखण्ड आदि सबै कुफ्र र नास्तिकता हुन् । यसलाई गर्नेवाला र गराउनेवाला दुवै पापी हुन्, तसर्थ यसबाट टाढा नै रहनु तपाईहरूको धार्मिक कर्तव्य हो ।

    हे प्रिय पाठकहरू ! यस संसारमा जति कुकर्म हुँदा पनि सत्यको नै विज्य हुन्छ । जसले पनि जादू गर्छ त्यो विज्य पाउने छैन, र त्यसको लोक परलोक दुवै नर्क भई हाल्छ । के कुनै पाखण्डी संतुष्ट छ ? के कुनै जादूगर संसार माथि राज्य गर्नसके छ ? कदापि यस्तो न भएछ नत्र हुनसक्छ । तसर्थ हे हाम्रा भाइहरू पाखण्ड पछि लागी आफ्नो जीवनलाई नर्क नबनाऊ बरु अल्लाह र अल्लाहका रसूल सल्लल्लाहो अलैहि वसल्लमले गरेका आदेशलाई अंगीकार गरी नर्कको अगोबाट स्वयंलाई र आफ्ना घरपरिवारलाई पनि बचाऊ । र त्यस दिनसित भयत्रास खाऊ जुन दिन कुनै पाखण्ड र जादू काम लाग्ने छैन केवल तिम्रो कर्म नै काम लाग्ने छ ।

    अन्तमा मेरो अल्लाहसित यो प्रार्थना छ कि अल्लाह हामी सबैलाई जादू पाखण्ड टोनाबाट बचाउन् र सत्कर्म तर्फ प्रोत्साहित गरुन् र सत्मार्गमा हिँडने शक्ति प्रदान गरुन् र हाम्रा रोगीहरूलाई आफ्नो कृपाले संचो पारुन् ।

    (आमीन)

    प्रार्थीः

    अतीकुर्रहमान मो. इदरीस खान मक्की

    कपिलवस्तु नगरपनलिका महुवा वार्ड न.९ तौलिहवा कपिलवस्तु नेपाल

    मो. ९७२७६४९२३८

    معلومات المادة باللغة العربية