×

नयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका (नेपाली)

तयारी:

नयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका

संकलन

मुहम्मद अश्-शहरी

१४४१-२०२०

बिस्मिल्ला हिर्रहमा निर्रहीम(अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट शुभारम्भ गर्दछु) ।

भूमिका

सम्पूर्ण किसिमका प्रशंसा एवं महिमाहरू अल्लाहकै लागि हुन् । हामी उहाँकै प्रशंसा गर्दछौं र उहाँकै गुणगान गाउदछौं । हामी उहाँसंग मद्दत माँग्छौं र उहाँबाटै क्षमा चाहन्छौं । हामी आफ्नो जीवको दुष्टता र कुकर्मबाट उहाँकै शरणमा पर्छौं ।महान अल्लाहले जसलाई मार्गदर्शन गर्नुहुन्छ, उसलाई कोही पथभ्रष्ट गर्न सक्दैन र जसलाई उहाँले नै पथभ्रष्ट गर्नुहुन्छ, उसलाई कोही मार्गदर्शन गर्न सक्दैन ।अल्लाह बाहेक अरू कोही सत्य पूज्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) उहाँको सच्चा भक्त र रसूल हुन् भन्ने कुराको म गवाही दिन्छु ।

तत्पश्चातः

अल्लाहले मानवलाई सम्मान, प्रतिष्ठा र धेरै जसो आफ्नो सृष्टिहरूमाथि श्रेष्ठता प्रदान गर्नुभएको छ । अल्लाहले भन्नुभएको छ :﴿وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ﴾ "हामीले आदमका सन्तानहरूलाई सम्मानित गरेका छौं ।"(अल्-इस्रा : ७०)अनि अल्लाहले आफ्ना सर्वश्रेष्ठ विश्वव्यापी सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई पठाएर, सम्पूर्ण ग्रन्थहरूमध्ये उत्कृष्ट ग्रन्थ कुर्आन अवतरण गरेर र उत्कृष्ट जीवन पद्धति इस्लाम धर्मलाई रोजेर यस समुदायको मान सम्मानलाई अझैं उच्च गर्नु भएको छ । महान अल्लाहले भन्नुभएको छ :﴿كُنْتُمْ خَيْرَ أُمَّةٍ أُخْرِجَتْ لِلنَّاسِ تَأْمُرُونَ بِالْمَعْرُوفِ وَتَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَتُؤْمِنُونَ بِاللَّهِ وَلَوْ آمَنَ أَهْلُ الْكِتَابِ لَكَانَ خَيْرًا لَهُمْ مِنْهُمُ الْمُؤْمِنُونَ وَأَكْثَرُهُمُ الْفَاسِقُونَ﴾ "तिमीहरू उत्कृष्ट समुदाय हौ । अल्लाहले तिमीहरूलाई मानवजातिको निम्ति पठाउनु भएको छ । तिमीहरू सत्कर्मको आदेश दिन्छौ र दुष्कर्मबाट रोक्छौ अनि अल्लाहमाथि ईमान राख्छौ । यहूदी र ईसाईहरूले पनि ईमान ल्याएको भए तिनीहरूको लागि राम्रो हुने थियो । तिनीहरूमध्ये केही आस्थावान हुन् तर अधिकांश काफिर हुन् ।"(आले इम्रान : ११०)संसारको अमूल्य वरदान; इस्लामलाई आत्मसात गर्न पाउनु, यसको विधिविधान र नियम अनुसार जीवन यापन गर्नु र दृढताका साथ त्यसैमा कायम रहनु भनेको भक्तमाथि अल्लाहको ठूलो अनुकम्पा हो । यस सानो पुस्तिकामा अत्यन्तै महत्वपूर्ण सामग्रीहरू समावेश गरिएका छन् । एउटा नयाँ मुस्लिमले इस्लाम कबूल गरे पश्चातको आरम्भिक कालमा जान्नै पर्ने इस्लामका आधारभूत विषयवस्तुलाई एकदमै सरल भाषामा संक्षिप्त र मिठो तरिकाले तयार पारिएको छ । यदि उसले यी विषयवस्तुलाई बुझ्छ र त्यही अनुसार कर्म गर्छ भने अझै उसलाई आफ्नो ईश्वर, रसूल र दीन (इस्लाम) प्रति जानकारी प्राप्त गर्ने उत्सुकता बढ्नेछ, अनि उसले ज्ञान र बौद्धिकताको आधारमा अल्लाहको उपासना गर्छ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत (तरिका) को अनुसरण गर्छ अनि अल्लाहको यसरी सामीप्यता प्राप्तिद्वारा उसको ईमानमा अझैं वृद्धि हुनजान्छ ।

हे अल्लाह ! यस किताबको प्रत्येक शब्दमा बर्कत (कल्याण) प्रदान गर्नुहोस्, इस्लाम र मुस्लिमहरुलाई यसको लाभ उठाउने तौफीक (सुअवसर) दिनुहोस्, र यो कुनै देखावटी नभएर तपाईंको लागि खास होस् र यसको सवाब (पुण्य) जीवित र मृत सम्पूर्ण मुस्लिमहरूलाई प्राप्त होस् (आमीन) ।

व सल्लल्लाहु अला नबीयेना मुहम्मद व अला आलेही व सहबेही अजमईन ।

मुहम्मद बिन अश-शैबह अश्-शहरी

२/११/१४४१ हिजरी

मेरो ईश्वर (प्रतिपालक), अल्लाह हो

अल्लाहले भन्नुभएको छ :﴿يَا أَيُّهَا النَّاسُ اعْبُدُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ وَالَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ﴾ हे मानव हो ! आफ्नो त्यस पालनकर्ताको भक्ति गर । जसले तिमी र तिमीभन्दा पूर्वका सम्पूर्ण मानवलाई सृष्टि गर्नुभयो, ताकि तिमी सत्कर्मी (संयमी) बन ।(अल्-बकरह : २१)

अल्लाहले भन्नुभएको छ :﴿هُوَ اللَّهُ الَّذِي لَا إِلَهَ إِلَّا هُوَ﴾ "त्यो अल्लाह नै हो जस बाहेक अरू कोही उपास्य छैन ।"(अल्-हश्र : २२)

अल्लाहले भन्नुभएको छ :﴿ لَيْسَ كَمِثْلِهِ شَيْءٌ ۖ وَهُوَ السَّمِيعُ الْبَصِيرُ﴾ "उस जस्तो अरु कोही छैन, ऊ सर्वश्रोता र सर्वद्रष्टा छ ।"(अश्-शूरा : ११)

मेरो र यस सिङ्गो संसारको सृष्टिकर्ता अल्लाह नै हुनुहुन्छ । उहाँ नै हाम्रो स्वामी, सृष्टिकर्ता, अन्नदाता र प्रबन्धक हुनुहुन्छ ।

हो, उपासना योग्य मात्र अल्लाह नै हुनुहुन्छ, उहाँ बाहेक नत कोही रब (पालनकर्ता) छ नत पूज्य नै ।

अल्लाहका अति सुन्दर नाम र उत्कृष्ट विशेषताहरू छन् । जुन अल्लाहले स्वयम् आफ्नो लागि वा उहाँको दूतले उहाँको लागि प्रमाणित गर्नुभएको छ । ती नाम र विशेषताहरू परिपूर्णता र सुन्दरताको चरमसीमासम्म पुगेका छन्,वास्तवमा, त्यस अल्लाह जस्तो अरु कोही छैन र उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ ।

उहाँका नामहरूमध्ये हो :

अर्रज्जाक (अन्नदाता) अर्रहमान (अत्यन्त दयालु), अल-कदीर (सर्वशक्तिमान), अल-मलिक (राजा), अस्समीअ (सर्व श्रोता), अस्-सलाम (शान्तिदाता) अल-बसीर (सर्वद्रष्टा), अल-वकील (संरक्षक), अल-खालिक (सृष्टिकर्ता), अल-लतीफ (सूक्ष्मदर्शी), अल-काफी (पर्याप्त) अल-गफूर (क्षमाशील) इत्यादि ।

अर्रज्जाक (अन्नदाता ) : यस पृथ्वीमा रहेका सम्पूर्ण प्राणीहरूको उहाँले नै रोजीरोटी,भरणपोषण र जीविकोपार्जनको जिम्मेवारी लिनु भएको छ ।

अर-रहमान (अत्यन्त दयालु): उहाँको असीमित दया र करुणाले सिङ्गो संसारलाई समेटेको छ ।

अल-कदीर (सर्वशक्तिमान) : यस्तो परिपूर्ण र नितान्त शक्तिशाली जसलाई नत थकान महसुस हुन्छ नत कुनै कमजोरी नै ।

अल-मलिक (सम्राट) : उहाँ नै महानता, अधिपत्यशाली र प्रबन्धक एवं संयोजक हुने जस्ता विशेषतादवारा विशेषित छन्, तसर्थ उहाँ समस्त कुराको स्वामी र प्रबन्धक र संयोजक हुनुहुन्छ ।

अस्समीअ (सर्व श्रोता) : यस्तो सर्व श्रोता जसले जाहेर गोप्य हरेक किसिमको आवाजलाई राम्ररी सुन्नुहुन्छ ।

अस्-सलाम : उहाँ हरेक किसिमको कमीकमजोरी, अवगुण र दोषहरुबाट पवित्र हुनुहुन्छ ।

अल्-बसीर (सर्वद्रष्टा): यस्तो सर्वद्रष्टा जसको दृष्टिले हरेक चिजलाई समेटेको छ । हरेक अन्तर्दृष्टि र गोप्यतालाई राम्रोसँग जान्नुहुन्छ, चाहे त्यो जति सानो र मसिनो किन नहोस् ।

अल्-वकील : जुन आफ्नो अनगिन्ती सृष्टिको पालनपोषण, संरक्षण र हेरचाह गर्नुहुन्छ । त्यसैगरी आफ्नो सृष्टिको जीविकोपार्जनको जिम्मा लिएर उनीहरुको जीवनलाई एकदमै सहज बनाई दिनुभएको छ ।

अल्-खालिक (सृष्टिकर्ता) : शून्यबाट बिना उदाहरण वा नमुना नै सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सृष्टिकर्ता ।

अल्-लतीफ : जुन आफ्ना भक्तहरूको पुकार र गुहारलाई सुन्नुहुन्छ । उनीहरूको इच्छा र आकांक्षाहरूलाई पुरा गर्नुहुन्छ । र उनीहरूमाथि दयादृष्टि राख्नु हुन्छ ।

अल्-काफी : उहाँ आफ्ना भक्तहरूका लागि पर्याप्त हुनुहुन्छ ती समस्त कुराहरूमा जसको उनीहरूलाई आवश्यकता हुन्छ । र त्यसैको सहायता पर्याप्त हुन्छ र त्यसद्वारा मान्छे त्यसबाहेकका अरू सबैबाट निस्पृह भइहाल्छ ।

अल-गफूर (क्षमाशील): जुन आफ्ना भक्तहरूलाई उनीहरूको पापको दुष्टताबाट जोगाउँछ र त्यस पापमाथि तिनीहरूलाई सजाय दिन्न । ।

मुस्लिमले अल्लाहको अद्भुत सृष्टिको संरचना र सुविधामा चिन्तन गर्छन् । र त्यसैमध्ये हो किः एउटा बच्चा जबसम्म आफैंमा निर्भर हुँदैन तबसम्म उसको आमाले उसलाई हरेक तरिकाले हेरचाह र मार्गदर्शन गर्दछ । एउटा कमजोर शिशुलाई चाहिने हरेक कुराहरुको चाँजोपाँजो अल्लाहले मिलाई दिनुभएको छ । हो, अल्लाह अति महान र परम दयालु हुनुहुन्छ ।

मेरो नबी, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्छ

महान अल्लाहले भन्नुभएको छ :﴿لَقَدْ جَاءَكُمْ رَسُولٌ مِنْ أَنْفُسِكُمْ عَزِيزٌ عَلَيْهِ مَا عَنِتُّمْ حَرِيصٌ عَلَيْكُمْ بِالْمُؤْمِنِينَ رَءُوفٌ رَحِيمٌ﴾ हे अरब समुदाय हो ! तिमीहरूकै समुदायबाट एक जना रसूलको आगमन भएको छ । तिमीहरूमाथि आइलाग्ने सङ्कटले उहाँलाई दुखित तुल्याउँछ । उहाँ तिमीहरूको मार्गदर्शन चाहनुहुन्छ । उहाँ मोमिनहरूप्रति अत्यन्तै करुणामय अनि दयावान हुनुहुन्छ ।(अत्-तौबा : १२८)

महान अल्लाहले भन्नुभएको छ :﴿وَمَا أَرْسَلْنَاكَ إِلا رَحْمَةً لِلْعَالَمِينَ﴾ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! हामीले तपाईंलाई सम्पूर्ण सृष्टिका लागि सर्वथा दया बनाएर पठाएका छौं ।(अल्-अम्बिया : १०७)

व्यापक दयावान र मार्गर्दशी सन्देष्टा; मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)

उहाँ मुहम्मद पुत्र अब्दुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) हुन्, जुन समस्त दूत र सन्देष्टाहरूको समापक हुन्, जिनलाई महान अल्लाहले इस्लाम धर्म दिएर सम्पूर्ण जात वर्गका लागि विश्वव्यापी सन्देष्टा बनाएर पठाउनुभयो, ताकि तिनीहरूलाई भलाई र सत्कर्मको उपदेश देउन्, जसमध्ये सबैभन्दा ठूलो एकेश्वरवाद (तौहीद) हो र कुकर्मबाट मिनाही गरून्, जसमध्ये सबैभन्दा ठूलो बहुदेववाद (शिर्क) हो ।

उहाँको आदेशको पालना गर्नु, उहाँले दिनुभएको सूचनामा विश्वास गर्नु, उहाँले हराम (निषेध) गर्नुभएको कुराबाट टाढा रहनु र उहाँको तरिका अनुसार नै अल्लाहको उपासना गर्नु अनिवार्य छ ।

उहाँ र उहाँभन्दा पहिलेका सम्पूर्ण सन्देष्टा (रसूल) हरूको उद्देश्य एउटै थियो; र त्यो हो मात्र एक अल्लाहको उपासना गर्ने र उहाँको उपासनामा अरु कसैलाई साझेदार नगर्ने आह्वान ।

उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) का केही गुणहरु :

इमानदारी, दया, सहनशीलता, धैर्यता, वीरता, उदारता, उच्चतम नैतिकता, न्याय, नम्रता, क्षमा इत्यादि ।

पवित्र कुरआन, मेरो प्रतिपालकको वाणी हो

महान अल्लाहले भन्नुभएको छ :﴿ يَا أَيُّهَا النَّاسُ قَدْ جَاءَكُم بُرْهَانٌ مِّن رَّبِّكُمْ وَأَنزَلْنَا إِلَيْكُمْ نُورًا مُّبِينًا﴾ हे मानव हो ! तिमीहरूको प्रभुबाट प्रमाण आइसकेको छ र हामीले तिमीहरूतर्फ स्पष्ट प्रकाश (कुरआन) अवतरित गरिसकेका छौं ।(अन्-निसा : १७४)

यो कुरआन अल्लाहको वाणी हो जसलाई अल्लाहले आफ्नो पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरण गर्नुभएको छ । ताकि उहाँले मानिसहरूलाई अँध्यारोबाट उज्यालोतर्फ ल्याउन् र उनीहरूलाई सीधा मार्गमा डोर्यावउन् ।

जसले यस कुरआनलाई पढ्छ, उसले अत्यधिक पुण्य पाउनेछ र जसले कुरआन अनुकूल आफ्नो जीवन व्यतित गर्छ, उसले सही मार्ग अनुसरण गर्दछ ।

इस्लामका आधारहरूको परिचय

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :"इस्लाम पाँच कुराहरूमाथि आधारित छ : अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनु, सलाह (नमाज) कायम गर्नु, जकात (दान) दिनु, रमजानको ब्रत बस्नु र हज्ज गर्नु ।"

प्रत्येक मुस्लिमले यी आधारहरूमा विश्वास र त्यसै अनुरुप अनिवार्यरूपले कर्म गर्नुपर्छ नत्र उसको इस्लाम मान्य हुँदैन । किनकि इस्लाम यी पाँच कुराहरूमाथि आधारित छ, त्यसैले यसलाई इस्लामका आधारहरू भनिन्छ ।

यी आधारहरू निम्न हुन् :

पहिलो आधार : शहादह अर्थात अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सन्देष्टा हुन् भन्ने कुराको गवाही दिनु ।

महान अल्लाहले भन्नुभएको छ :﴿فَاعْلَمْ أَنَّهُ لَا إِلَهَ إِلَّا اللَّهُ﴾ हे रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ! स्पष्ट हुनुहोस्, अल्लाहबाहेक अरू कोही वास्तविक उपास्य छैन ।(मुहम्मद : १९)

अल्लाहले भन्नुभएको छ :﴿لَقَدْ جَاءكُمْ رَسُولٌ مِّنْ أَنفُسِكُمْ عَزِيزٌ عَلَيْهِ مَا عَنِتُّمْ حَرِيصٌ عَلَيْكُم بِالْمُؤْمِنِينَ رَؤُوفٌ رَّحِيمٌ﴾ हे अरब समुदाय हो ! तिमीहरूकै समुदायबाट एक जना रसूलको आगमन भएको छ । तिमीहरूमाथि आइलाग्ने सङ्कटले उहाँलाई दुखित तुल्याउँछ । उहाँ तिमीहरूको मार्गदर्शन चाहनुहुन्छ । उहाँ मोमिनहरूप्रति (आस्थावानहरूप्रति) अत्यन्तै करुणामय अनि दयावान हुनुहुन्छ ।(अत्-तौबा : १२८)

ला इला ह इल्लल्लाह को अर्थ : अल्लाह बाहेक अरु कोही सत्य ईश्वर छैन ।

मुहम्मद अल्लाहका रसूल हुन् भन्ने कुराको गवाही दिनुको अर्थ हो : उहाँको आदेशको पालना गर्नु, उहाँले दिनुभएको सूचनामा विश्वास गर्नु, उहाँले हराम (निषेध) गर्नुभएको कुराबाट टाढा रहनु र उहाँले वैधानिक गरेको तरिका अनुसार नै अल्लाहको उपासना गर्नु ।

दोस्रो आधार : सलाह कायम गर्नु (नमाज आयोजित गर्नु)

महान अल्लाहले भन्नुभएको छ :﴿وَأَقِيمُوا الصَّلَاةَ﴾ "सलाह (नमाज) कायम गर ।"(अल्-बकरह : ११०)

सलाह कायम गर्नु भनेको जसरी सर्वशक्तिमान अल्लाहले सलाह पढ्न आदेश दिनुभएको छ र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले सिकाउनुभएको छ त्यही तरिका अनुसार पढ्नु हो ।

तेस्रो आधार : जकात (धर्मदाय) दिनु

महान अल्लाहले भन्नुभएको छ :﴿وَآتُوا الزَّكَاةَ﴾ "जकात देऊ ।"(अल्-बकरह : ११०)

हाम्रो ईमानको सतयतालाई जाँच गर्न, धनसम्पत्ति प्रदान गरिएकोमा अल्लाहको कृतज्ञता व्यक्त गर्न र दीन-दु:खी र गरीबहरूको सहयोग र समस्या निवारणका लागि अल्लाहले जकातलाई अनिवार्य गर्नुभएको हो ।

जकात दिनु भनेको जकातलाई हकदार व्यक्तिहरूसम्म पुर्याउनु हो ।

जब मानिसको धनसम्पत्ति इस्लामले तोकेको परिमाण (निसाब) मा पुग्छ तब त्यसबाट जकात दिनु अनिवार्य भइहाल्छ । अल्लाहले कुर्आनमा वर्णन गर्नु भएको ८ किसिमका हकदार व्यक्तिहरूलाई जकात दिनुपर्छ, जसमध्ये गरीब र दीन-दु:खीहरू हुन् ।

जकात दिदा एउटा मुस्लिममा भएको उच्च आचरण, कृपा, दया र एकअर्कालाई सहयोग गर्ने भावना झल्किन्छ । उसको व्यक्तित्व र धनसम्पत्तिको शुद्धीकरण हुन्छ । दीन-दु:खी र गरीबहरूको समस्या निवारण हुदै जान्छ । मुस्लिम समुदायका सदस्यहरूबीच प्रेम, आपसी मेलमिलाप र भाइचाराको सुदृढीकरण हुन्छ । त्यसैले एउटा सच्चा मुस्लिमले अरुको खुशीको लागि दिल खोलेर हाँसीहाँसी जकात दिने गर्छ ।

सुन, चाँदी, नगदी जिन्सी र खरीद बिक्रीको लागि तयार पारिएको व्यवसायिक वस्तुहरू इस्लामले तोकेको निसाब (मात्रा) सम्म पुगेको छ र चन्द्रमाको हिसाबले एक वर्ष बितिसकेको छ भने २,५% को दरले जकात निकाल्नु पर्छ ।

त्यसैगरी गाईवस्तु (ऊँट, गाई र भेडाबाख्राहरू) निश्चित संख्यामा छन्, प्रायःजसो बाहिर चर्ने गर्छन् र मालिकले त्यसको आहाराको व्यवस्था गर्न नपर्ने किसिमको छ भने त्यसमा जकात निकाल्नु पर्छ ।

त्यस्तै गरी भूमिबाट उत्पादित अन्न, फलफूल, खनिज र खजानाहरू यदि इस्लामले तोकेको निसाब (मात्रा) सम्म पुग्छन् भने त्यसमा जकात निकाल्नु पर्छ ।

चौथो आधार : रमजान महिनाको ब्रत बस्नु

महान अल्लाहले भन्नुभएको छ :﴿يَا أَيُّهَا الَّذِينَ آمَنُوا كُتِبَ عَلَيْكُمُ الصِّيَامُ كَمَا كُتِبَ عَلَى الَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ﴾ हे मोमिनहरू हो ! अल्लाहले तिमीहरूमाथि व्रत अनिवार्य गर्नुभएको छ, जसरी तिमीहरूभन्दा अघिका समुदायहरूमाथि अनिवार्य गरिएको थियो । ताकि तिमीहरू संयमी बन्न सक ।(अल्-बकरह : ११०)

रमजान : यो इस्लामी (हिज्री) पात्रो अनुसार नवौं महिना हो । मुस्लिमहरूका लागि यो सबैभन्दा पवित्र र वर्षकै सर्वोत्तम महिना हो । रमजान महिनाको व्रत बस्नु इस्लामको चौथो महत्वपूर्ण आधार हो ।

व्रतको अर्थ : प्रात: काल (फज्रको अजान) देखि सूर्यास्त (मग्रिबको अजान) सम्म खानपिन, सम्भोग तथा ब्रतलाई भङ्ग गर्ने समस्त क्रियाकलापहरूबाट टाढा बसेर अल्लाहको उपासना गर्नु भनेको ब्रत (रोजा) हो । मुस्लिमले हरेक बर्ष पुरा एक महिनाको वर्त बस्नुपर्ने हुन्छ ।

पाँचौं आधार : अल्लाहको पवित्र घरको हज्ज गर्नु

महान अल्लाहले भन्नुभएको छ :﴿وَلِلَّهِ عَلَى النَّاسِ حِجُّ الْبَيْتِ مَنِ اسْتَطَاعَ إِلَيْهِ سَبِيلًا﴾ "अल्लाहको घरसम्म पुग्न सामर्थ्य राख्ने व्यक्तिमाथि यस घरको हज्ज (तीर्थयात्रा) गर्नु अनिवार्य छ ।"(आले इम्रान :९७)

आर्थिक र शारीरिक रूपमा सामर्थ्य व्यक्तिले जीवनमा एक पटक अनिवार्य रूपमा हज्ज गर्नुपर्छ ।हज्ज गर्नुको अर्थ हो: विशेष इबादत गर्ने मनसायले, विशेष महिनामा विशेष तरिकाले मक्का र त्यहाँका अन्य पवित्र स्थलहरूको यात्रा गरेर गर्नुपर्ने हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हज्ज गर्नुभयो र उहाँभन्दा पहिलेका रसूलहरूले पनि हज्ज गरे । इब्राहीम (अलैहिस्सलाम) ले अल्लाहको आदेश अनुसार काबाको (कअ्बाको) हज्ज गर्न आह्वान गरेका थिए । अल्लाहले कुरआनमा भन्नुभएको छ :﴿وَأَذِّنْ فِي النَّاسِ بِالْحَجِّ يَأْتُوكَ رِجَالًا وَعَلَى كُلِّ ضَامِرٍ يَأْتِينَ مِنْ كُلِّ فَجٍّ عَمِيقٍ﴾ "मानिसहरूलाई (यस घरको) हज्ज गर्न आह्वान गर, उनीहरू तिमीकहाँ हिँडेर र दुब्लो पात्लो उँटहरूमा चढेर दुनियाँको कुनाकाप्चाबाट आउने छन् ।"(अल् हज्जः २७)

ईमानका ६ वटा आधारहरू

ईमानको बारेमा प्रश्न गरिएकोमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यसरी जवाफ दिनुभएको थियो :"तिमी अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कियामत (महाप्रलय) को दिन र आफ्नो राम्रो-नराम्रो भाग्यमाथि आस्था राख ।" (मुस्लिम : ८)

ईमानका आधारहरू मानिसको हृदयदेखि गरिने सत्कर्महरू हुन् जुन प्रत्येक मुसलमानमाथि अनिवार्य छ। प्रत्येक मुस्लिमले ईमानका आधारहरूमा विश्वास र त्यसै अनुरुप कर्म गर्नुपर्छ, होइन भने उसको इस्लाम मान्य हुँदैन । त्यसैले यी सत्कर्महरूलाई ईमानका आधारहरू भनिन्छ ।ईमान र इस्लामबीचको भिन्नता : इस्लाम भनेको भौतिक रूपमा गरिने सत्कर्महरु हुन्, जस्तैः मुखले इस्लाम आत्मसात गरेको घोषणा गर्नु, सलाह पढ्नु, जकात दिनु इत्यादि । र ईमान भनेको मनबाट गरिने सत्कर्महरु हुन्, जस्तैः अल्लाह र उहाँका ग्रन्थ र रसूलहरूमाथि आस्था राख्नु ।

ईमानको अर्थ र अवधारणा : कुनै पनि मुस्लिमको ईमान भन्नाले अल्लाह, उहाँका फरिश्ताहरू, किताबहरू, रसूलहरू, कियामत (महाप्रलय) को दिन र राम्रो-नराम्रो भाग्यमाथि दृढ विश्वास गर्नु हो । र अल्लाहको रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को पूर्ण अनुसरण गर्नु, जस्तैः मुखले ला इलाहा इल्-लाल्लाह भन्नु, कुरआनको तिलावत (पाठन) गर्नु, सुब्हानल्लाह, अल्लाहु-अकबर भन्नु, अल्लाहको प्रशंसा गर्नु इत्यादि ।

त्यसैगरी सलाह पढ्नु, हज्ज गर्नु र रमजान महिनाको ब्रत बस्नु इत्यादि । त्यसैगरी हृदयदेखि अल्लाहलाई प्रेम गर्नु, उहाँसित डराउनु, उहाँमाथि भरोसा गर्नु, उहाँको निष्ठापूर्वक इबादत उपासना गर्नु इत्यादि ईमान अन्तर्गत पर्दछन् ।

विज्ञहरू निकट संक्षेपमा ईमान (आस्था) को परिभाषा : हृदयदेखि विश्वास गर्नु, मुखले घोषणा गर्नु र त्यसै अनुसार कर्म (अमल) गर्नु नै ईमान हो । सत्कर्मले ईमान बढ्छ र कुकर्मले घट्छ ।

पहिलो आधार : अल्लाहमाथि आस्था राख्नु

महान अल्लाहले भन्नुभएको छ :﴿إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ آمَنُوا بِاللَّهِ﴾ "वास्तवमा, आस्थावानहरू केवल ती व्यक्तिहरू हुन्, जो अल्लाहमाथि विश्वास गर्छन् ।"(अन्-नूर : ६२)

अल्लाहमाथिको आस्थाले तौहीदका तिनै किसिमहरू; रूबूबियत, उलूहियत र अस्मा व सिफात लगायत निम्न कुराहरूलाई समाविष्ट छ :

महान अल्लाहको अस्तित्वमाथि आस्था राख्नु ।

अल्लाहको रूबूबियतमाथि (प्रतिपालक हुने कुरामाथि) आस्था राख्नु । र यो कि उहाँ सबै कुराको स्वामी, सृष्टिकर्ता, प्रबन्धक र नियन्त्रक हुनुहुन्छ ।

अल्लाहको उलूहियत (ईश्वरत्व) माथि आस्था राख्नु । र यो कि उहाँ नै इबादत (उपासना) योग्य हुनुहुन्छ र उहाँको उपासनामा अरु कोही साझेदार छैनन्, जस्तै : सलाह, रोजा (व्रत), भाकल, कुर्बानी, मद्दत माग्ने, शरण लिने र अन्य सबै उपासनाहरू ।

अल्लाहका ती अस्मा वस्सिफात (उहाँका ससुन्दर नाम र उत्कृष्ट विशेषताहरू) माथि आस्था राख्नु जसलाई उहाँ स्वयंले आफ्नो लागि वा उहाँको रसूलले उहाँको लागि जुन नाम र विशेषताहरू प्रमाणित गर्नुभएको छ त्यसलाई स्वीकार गर्नु र जुन नाम र विशेषतालाई उहाँ स्वयंले वा उहाँको रसूलले उहाँको लागि इन्कार (अस्वीकार) गर्नुभएको छ त्यसलाई इन्कार गर्नु । उहाँका नाम र विशेषताहरू उत्कृष्टता र सुन्दरताको चरम सीमासम्म पुगेका छन् । उहाँ जस्तो अरु कोही छैन र उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ ।

दोस्रो आधार : फरिश्ताहरूमाथि (स्वर्गदूतहरूमाथि) आस्था राख्नु

महान अल्लाहले भन्नुभएको छ :﴿الْحَمْدُ لِلَّهِ فَاطِرِ السَّمَاوَاتِ وَالْأَرْضِ جَاعِلِ الْمَلَائِكَةِ رُسُلًا أُولِي أَجْنِحَةٍ مَثْنَى وَثُلَاثَ وَرُبَاعَ يَزِيدُ فِي الْخَلْقِ مَا يَشَاءُ إِنَّ اللَّهَ عَلَى كُلِّ شَيْءٍ قَدِيرٌ﴾ "सम्पूर्ण प्रकारका प्रशंसाहरू अल्लाहकै लागि हुन्, जसले बिना कुनै अघिल्लो उदाहरण आकाशहरू र पृथ्वीको सृष्टि गर्नुभएको छ । दुई-दुई, तीन-तीन र चार-चार पखेटा भएका फरिश्ताहरूलाई सन्देश पुर्याउन नियुक्त गर्नुभएको छ । उहाँ आफ्नो सृष्टिमा जे चाहनुहुन्छ वृद्धि गर्नुहुन्छ । वास्तवमा अल्लाह हरेक कार्यको सामर्थ्य राख्नुहुन्छ ।"(सूरह फातिर : १)

हामी यो आस्था राख्दछाैं कि उनीहरू संसारका अदृश्य प्राणी र अल्लाहका भक्त हुन्, र उनीहरू ज्योतिबाट सृष्टि गरिएका हुन्, र उनीहरू अल्लाहका आज्ञाकारी भक्त हुन् ।

र उनीहरू एक महान रचना हुन्, उनीहरूको सामर्थ्य र संख्या अल्लाह बाहेक कसैलाई थाहा छैन । तीमध्ये प्रत्येकको छुट्टै नाम र विशेषता छन् अनि त्यही अनुसार उनीलाई कार्यभारहरू सुम्पिएको छ, जिनमध्ये 'जिब्रील' (अलैहिस्सलाम) लाई सन्देष्टाहरूसम्म प्रकाशना (वह्य) पुर्याउने जिम्मेवारी इत्यादि ।

तेस्रो आधार : किताबहरूमाथि (ईश्वरीय ग्रन्थहरूमाथि) आस्था राख्नु

महान अल्लाहले भन्नुभएको छ :﴿قُولُوا آمَنَّا بِاللَّهِ وَمَا أُنْزِلَ إِلَيْنَا وَمَا أُنْزِلَ إِلَى إِبْرَاهِيمَ وَإِسْمَاعِيلَ وَإِسْحَاقَ وَيَعْقُوبَ وَالْأَسْبَاطِ وَمَا أُوتِيَ مُوسَى وَعِيسَى وَمَا أُوتِيَ النَّبِيُّونَ مِنْ رَبِّهِمْ لَا نُفَرِّقُ بَيْنَ أَحَدٍ مِنْهُمْ وَنَحْنُ لَهُ مُسْلِمُونَ﴾ हे मुस्लिमहरू ! तिमीहरू सबैले भनिदेऊ कि हामी अल्लाहमाथि, र जुन किताब हामीतिर उतारियो, र जुन (ग्रन्थहरू) इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र उनका सन्ततिहरूलाई प्रदान गरियो, तिनीमाथि र जुन मूसा र ईसालाई प्रदान गरियो र जुन अन्य पैगम्बरहरूलाई तिनको पालनकर्ताबाट प्रदान गरिए, तिनीमाथि सम्पूर्ण आस्था राख्दछौं । हामीले ती पैगम्बरहरूमा कुनै भेदभाव गर्दैनौं र हामी उही एक अल्लाहको आदेश पालन गर्नेहरू हौं ।(अल्-बकरह : १३६)

सम्पूर्ण आकाशीय ग्रन्थहरू अल्लाहका वाणी हुन् भनेर दृढ विश्वास गर्नु ।

र यो कि महान अल्लाहले भक्तहरूको मार्गदर्शनको लागि यी आकाशीय ग्रन्थहरूलाई सत्यताको साथ सन्देष्टाहरूमाथि अवतरण गर्नुभएको छ ।

र अल्लाहले आफ्नो नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्पूर्ण जात वर्गको लागि विश्वव्यापी रसूल बनाएर पठाउनु भयो, र उहाँको विधान (शरीअत) ले विगतका सम्पूर्ण विधानहरूलाई रद्द (स्थगित) गरेको छ । अल्लाहले कुरआनलाई विगतका सम्पूर्ण ग्रन्थहरूमाथि प्रभुत्व प्रदान गर्नुभएको छ, र अल्लाहले स्वयम् नै कुनै पनि परिवर्तन र फेरबदलबाट कुरआनको सुरक्षाको जिम्मा लिनु भएको छ । अल्लाहले भन्नुभएको छ :﴿إِنَّا نَحْنُ نَزَّلْنَا الذِّكْرَ وَإِنَّا لَهُ لَحَافِظُونَ﴾ "निस्सन्देह हामीले नै कुरआन अवतरण गरेका छौं र हामीले नै यसलाई सुरक्षित राख्ने छौं ।"(अल्-हिज्र : ९)किनकि पवित्र कुरआन अल्लाहले मानवजातितिर अवतरित गर्नुभएको अन्तिम धर्म ग्रन्थ हो, र उहाँको नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) सम्पूर्ण दूतहरुका समापक र अन्तिम सन्देष्टा हुनुहुन्छ, र इस्लाम धर्म नै त्यो धर्म हो जसलाई अल्लाहले कयामतसम्म आउने सम्पूर्ण मानवजातिको लागि रोज्नु भएको छ । अल्लाहले भन्नुभएको छ :﴿إِنَّ الدِّينَ عِنْدَ اللَّهِ الْإِسْلَامُ﴾ निस्सन्देह अल्लाहको दृष्टिमा मान्य भएको धर्म इस्लाम हो ।(आले इम्रान :१९)

सर्वशक्तिमान अल्लाहले कुरआनमा उल्लेख गर्नुभएका केही आकाशीय ग्रन्थहरूको नाम यस प्रकार छन् :

पवित्र कुरआन : यसलाई अल्लाहले आफ्नो अन्तिम सन्देष्टा मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) माथि अवतरित गर्नु भएको हो ।

तौरात : यसलाई अल्लाहले आफ्नो सन्देष्टा मूसा (अलैहिस्सलाम) माथि अवतरित गर्नु भएको हो ।

इन्जील : यसलाई अल्लाहले आफ्नो सन्देष्टा ईसा (अलैहिस्सलाम) माथि अवतरित गर्नु भएको हो ।

जबूर : यसलाई अल्लाहले आफ्नो सन्देष्टा दाऊद (अलैहिस्सलाम) माथि अवतरित गर्नु भएको हो ।

सुहुफे-इब्राहीम : यी अल्लाहद्वारा आफ्नो सन्देष्टा इब्राहीम (अलैहिस्सलाम) माथि अवतरित गरिएका केही धर्म शास्त्रहरू हुन् ।

चौथा आधार : रसूल (सन्देष्टा) हरूमाथि आस्था राख्नु

महान अल्लाहले भन्नुभएको छ :﴿وَلَقَدْ بَعَثْنَا فِي كُلِّ أُمَّةٍ رَّسُولاً أَنِ اعْبُدُواْ اللّهَ وَاجْتَنِبُواْ الطَّاغُوتَ﴾ "हामीले प्रत्येक समुदायमा रसूल पठायौं, ताकि उनीहरूले केवल एक अल्लाहको उपासना गर्न र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको उपासनादेखि टाढा रहन आह्वान गरून् ।"(अन्-नहल : ३६)

केवल एक अल्लाहको उपासना गर्न, उहाँको उपासनामा अरु कसैलाई साझेदार नबनाउन र उहाँ बाहेक सम्पूर्ण मिथ्या उपास्यको उपासनादेखि टाढा रहन आह्वान गर्न अल्लाहले प्रत्येक समुदायमा नबी-रसूल पठाउनुभएको कुरामा दृढ विश्वास राख्नु ।

र यो कि सम्पूर्ण नबी-रसूलहरू पुरुष जातिबाट र अल्लाहका सच्चा भक्त, इमान्दार र सत्यवान, पथप्रदर्शित र पथप्रदर्शक थिए । विभिन्न किसिमका चमत्कार र निशानीहरूद्वारा अल्लाहले उनीहरू नबी-रसूलहरू भएको सत्यतालाई प्रमाणित गर्नुभयो, र अल्लाहले उनीहरुलाई सुम्पिनु भएका ती सबै कुराहरू प्रभावकारी ढंगले अ-आफ्ना समुदायहरू माझ पुर्याएका थिए, र उनीहरू सबै सत्य, स्पष्ट र सही मार्गमा थिए ।

प्रथम दूतदेखि अन्तिम दूतसम्म सबैले केवल एक अल्लाहको उपासना गर्न र उहाँको उपासनामा अरु कसैलाई साझेदारी नगर्न (धर्मको मूल मर्मतिर) आह्वान गरे ।

पाँचौं आधार : अन्तिम दिन (प्रलयको दिन) माथि आस्था राख्नु

महान अल्लाहले भन्नुभएको छ :﴿اللَّهُ لَا إِلَهَ إِلَّا هُوَ لَيَجْمَعَنَّكُمْ إِلَى يَوْمِ الْقِيَامَةِ لَا رَيْبَ فِيهِ وَمَنْ أَصْدَقُ مِنَ اللَّهِ حَدِيثًا﴾ अल्लाह बाहेक कोही सत्य उपास्य छैन । उहाँले तिमीहरू सबैलाई कियामत (महाप्रलय) को दिन एकत्रित गर्नुहुनेछ, जसको आउनुमा कुनै शंका छैन । अल्लाहभन्दा बढी सत्य वचन अरु कसको हुन सक्छ र ?(अन्-निसा : ८७)

कियामत (अन्तिम दिन) को बारेमा अल्लाहले आफ्नो किताब कुरआनमा वा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीसमा भन्नुभएको सबै कुराहरूमाथि पूर्ण विश्वास गर्नु । जस्तैः मानवको मृत्यु, पुनः जीवित पारेर उठाइनु, सिफारिस, ठूलो काँटा (तुला) द्वारा कर्मको लेखाजोखा र हिसाब-किताब अनि कर्मको आधारमा स्वर्ग र नर्क तय गर्नु, र यस बाहेक ती अन्य कुराहरू जुन प्रलयसित संलग्न छन् ।

छैठौ आधार : राम्रो-नराम्रो भाग्यमाथि आस्था राख्नु

महान अल्लाहले भन्नुभएको छ :﴿إِنَّا كُلَّ شَيْءٍ خَلَقْنَاهُ بِقَدَرٍ﴾ हामीले हरेक वस्तुलाई एउटा निर्धारित माप र अनुमानमा सृष्टि गरेका छौं ।(अल्-कमर : ४९ )

यस संसारमा सृष्टिहरूमाथि हुने सम्पूर्ण घटनाहरूको पूर्ण ज्ञान र जानकारी अल्लाहलाई छ भन्ने कुरामा आस्था राख्नु, यसर्थ यी समस्त महान अल्लाहले निर्धारित गरे अनुसार नै घटित हुन्छन् । र यो कि मानवको सृष्टि अघि नै यी सबै कुराहरू लेखिएका थिए । र मान्छेको आफ्नो इच्छाशक्ति हुन्छ र ऊ आफैं आफ्नो कर्मको वास्तविक कर्ता हो; तर उसको यी समस्त क्रियाकलाप अल्लाहको ज्ञान, इच्छा र चाहना बाहिर जान सक्दैन ।

भाग्यमाथिको आस्था चार चरणहरूमाथि आधारित छ :

पहिलो : अल्लाहको अपार, व्यापक र सर्वव्यापी ज्ञानमा विश्वास ।

दोस्रो : कियामतसम्म हुने सम्पूर्ण कुराहरूलाई अल्लाहले लेखिसक्नु भएको कुरामा विश्वास ।

तेस्रो : अल्लाहको पूर्ण शक्ति र प्रभावकारी इच्छामा विश्वास । उहाँ जे हानुभयो त्यो भयो र जे चाहानुभएन त्यो भएन नत हुन नै सक्छ ।

चौथो : अल्लाह नै हरेक कुराको सृष्टिकर्ता हुनुहुन्छ र उहाँद्वारा सृष्टि गर्ने कार्यमा कोही साझेदार छैन भन्ने कुरामा विश्वास ।

वजू गर्ने तरिका

महान अल्लाहले भन्नुभएको छ :﴿إِنَّ اللَّهَ يُحِبُّ التَّوَّابِينَ وَيُحِبُّ الْمُتَطَهِّرِينَ﴾ "धेरै तौबा (पश्चाताप) र आफूलाई शुद्ध गर्नेहरूलाई अल्लाह प्रेम गर्नुहुन्छ ।"(अल्-बकरह : २२)

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मेरो यो वोजू जस्तै वोजू गर्छ, त्यसपछि दुई रकत सलाह पढ्छ तर आफूलाई सलाह बाहेक अन्य कुराहरूमा व्यस्त गर्दैन भने अल्लाहले उसका अघिल्लो पापहरू क्षमा गर्नुहुन्छ ।"

सलाह (नमाज) अति महत्वपूर्ण उपासना भएकोले अल्लाहले सलाह पढ्नुभन्दा पहिला हरेक किसिमको अपवित्रताबाट पवित्र हुन अनिवार्य गर्नुभएको छ, र यसलाई नमाज शुद्ध र सही हुने शर्त बनाएको छ । वजूलाई सलाहको साँचोको संज्ञा दिएको छ, ताकि यसको महत्वलाई महसुस गर्दै भक्तको मनमा सलाह कायम गर्ने चाहना उत्पन्न होस् ।रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :पवित्रता आधा इमान हो ..... र सलाह नुर (प्रकाश) हो ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ :जसले राम्रोसँग वोजू गर्दछ, उसका पापहरू उसको शरीरबाट झरेर जान्छ ।

अतः भक्तले वाह्य तथा आन्तरिक अपवित्रताबाट शुद्ध भएर पूर्ण निष्ठाको साथ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अनुसरण गर्दै अल्लाहको उपासना गरोस् ।

निम्नलिखित कुराहरुको लागि अनिवार्य रूपमा वजू गर्नुपर्छ :

१) सलाहको लागि चाहे त्यो फर्ज (अनिवार्य) होस् वा सुन्नत (अतिरिक्त) ।

२) कअ्बाको तवाफ (परिक्रमा) को लागि ।

३) कुरआनलाई हातले स्पर्श गर्नुको लागि ।

पवित्र पानीले वजू र स्नान गर्नुपर्छ :

पवित्र पानी : पानीको रंग, स्वाद र गन्ध तीनवटै विशेषताहरू मध्ये कुनै पनि विशेषता अपवित्र गर्ने खालको कुनै कुराको त्यससित मिश्रित भएकोले परिवर्तन नभएको, र आफ्नो वास्तविक रूपमा रहेको पानीलाई पवित्र (शुद्ध) पानी भनिन्छ, चाहे त्यो वर्षाको पानी होस् वा इनारको ।

वोजू गर्ने तरिका

चरण १ : नीयत गर्नु, नीयत हृदयबाट गरिन्छ । नीयत गर्नको अर्थ होः सर्वशक्तिमान् अल्लाहको सामीप्यता प्राप्तिको लागि इबादत (आराधना) गर्ने दृढ संकल्प र अठोट गर्नु हो ।

चरण २ : दुवै हात धुनु ।

चरण ३ मुख कुल्ला गर्नु ।

कुल्ला गर्नु : मुखमा पानी हालेर त्यसलाई मुखभित्र राम्रोसँग घुमाउनु अनि त्यसपछि पानी बाहिर फाल्नु ।

चरण ४ नाक सफा गर्नु ।

पहिला : सास द्वारा नाक भित्रसम्म पानी तान्नु ।

अनि फेरी नाकमा रहेका फोहर लगायत पानीलाई बाहिर निकाल्नु ।

चरण ५ अनुहार धुनु

अनुहारको सीमा :

अनुहार : झट्ट हेर्दा देखिने नाक, मुख, आँखा आदि अङ्ग समेत टाउकोको अगाडिको भाग अनुहार हो ।

चौडाईमा : एक कानदेखि अर्को कानसम्म ।

लम्बाईमा : निधारमा रहेको कपालदेखि चिउँडोसम्म ।

अनुहारमा भएको हल्का रौंहरू, अनुहार र टाउको बीचको कपाल नभएको सेतो भाग र कानको अगाडि कपाल नभएको खाली भाग इत्यादि अनुहारमा समावेश छन् ।

सेतोको अभिप्राय : कपाल नभएको र कानको अगाडि खाली भाग ।

कानको समानान्तरमा भएको कपाल नभएको भागसम्म ।

त्यस्तै गरी अनुहारमा रहेको बाक्लो दारी र कानको अगाडि भागमा भएका कपालहरू अनुहारमा समावेश छन् ।

चरण ६ दुबै हात धुनु औंलादेखि कुहिनासम्म ।

दुवै कुहिनाहरू वोजूमा सामेल छन् ।

चरण ७ दुवै हातले पूरै टाउको र कानलाई एक चोटि मसह गर्नु (घस्नु) ।

दुवै हातले निधारबाट मसह शुरु गरेर पछाडि गर्धनसम्म लैजानु अनि फेरि पछाडिदेखि निधारसम्म मसह गर्नु ।

दुवै चोर औंलाहरू दुवै कानको भित्रपट्टि हाल्नु ।

अनि बूढी औंला दुवै कानको बाहिर पट्टि राख्नु अनि यसरी कानको भित्र र बाहिर मसह गर्नु (घस्नु) ।

चरण ८ दुवै खुट्टा धुनु खुट्टाको औंलादेखि गोलीगाँठो सम्म धुनुपर्छ । दुवै गोलीगाँठो वजूमा सामेल छ ।

गोलीगाँठो : खुट्टाको तल्लो भागमा भएका दुवै हड्डीहरू हुन् ।

निम्नलिखित कुराहरूले वजू भङ्ग हुन्छ :

१. गुप्ताङ्ग वा मलद्वारबाट केही निस्कियो भने वोजू भङ्ग हुन्छ जस्तैः दिसा, पिसाब, हावा, वीर्य र पानी (सेतो तरल पदार्थ) ।

२. गहिरो निद्रा वा बेहोशी वा मादक पदार्थ वा पागलपनले अचेत हुँदा ।

३. स्नान अनिवार्य गर्ने सबै कुराहरु, जस्तै : सम्भोग, महिनावारी वा सुत्केरीको रगत निस्कदा ।

दिसा-पिसाब गरेपछि पानीले मलमुत्रलाई सफा गर्नु पर्छ । वा पानी बाहेकका ढुङ्गा, रूखको पात, माटो, टिशु पेपर, कपडा वा अन्य कुनै पवित्र वस्तुले मलमुत्रलाई ३ वा ३ भन्दा बढी पटक सफा गर्नुपर्दछ । तर पानीले सफा गर्नु उत्तम हो ।

चर्मको मोजा र अन्य मोजामाथि मसह गर्नु

चर्मको मोजा वा अन्य वस्तुद्वारा निर्मित मोजा लगाएको अवस्थामा वजू गर्दा खुट्टा धुनुको साटो त्यसैमाथि मसह गर्न जायज छ, तर केही शर्तहरूको साथ जुन यस प्रकार छन् :

१. सानो र ठूलो दुवै किसिमको अपवित्रताबाट पूर्ण शुद्ध भएर र खुट्टा राम्रोसँग धोइएर अर्थात वजूको हालतमा मोजा लगाएको हुनुपर्दछ ।

२. दुवै प्रकारको मोजा पवित्र हुनुपर्छ, अपवित्र हुनुहुँदैन ।

३. मसहका लागि तोकिएको अवधिमा हुनुपर्दछ ।

४. दुवै किसिमको मोजा हलाल हुनुपर्छ, चोरिएको वा खोसेर ल्याएको हुनु हुँदैन ।

खुफ : पातलो छालाबाट बनेको पाइलामा लगाउने मोजा हो, र यसै जस्तो जुत्ता पनि हुन्छ जुन दुवै खुट्टालाई छोप्दछ ।

जौरब : कपडाबाट बनेको सामान्य मोजालाई जौरब वा (जोराब) को नामले चिनिन्छ ।

मोजामाथि मसहको मान्यता:

मानिसहरुको सहजता र सरलताका लागि मोजामाथि मसह गर्न वैधानिक गरिएको हो । किनभने बारम्बार मोजा फुकालेर खुट्टा धुन गाह्रो हुन्छ । खास गरी जाडो र अत्यधिक चिसोको समयमा वा यात्रा गर्दा ।

मसहको अवधि :

स्थानीयले : एक दिन र एक रात्री (२४ घन्टा) ।

यात्रीले : तीन दिन र तीन रात्री (७२ घन्टा) ।

वजू भङ्ग भएपछि पहिलोपटक जब चर्मको मोजा वा अन्य मोजामाथि मसह गरिन्छ तबदेखि मसहको अवधि आरम्भ हुन्छ ।

चर्मको मोजा वा अन्य मोजामाथि मसह गर्ने तरिका :

१. दुवै हातहरू पानीले भिजाउनु होस् ।

२. खुट्टाको माथिपट्टिको भागमा मसह गर्नुहोस् (खुट्टाको औंलादेखि पछाडिसम्म माथिपट्टिको भाग मात्र) ।

३. दाहिने हातले दायाँ खुट्टा र देब्रे हातले देब्रे खुट्टालाई मसह (घस्नु) गर्नुहोस् ।

निम्न कुराहरूले मसह भङ्ग हुन्छ :

१) जुन कुराहरूले अनिवार्य रुपमा नुहाउनु पर्छ ।

२) मसह अवधि समाप्त भएपछि ।

स्नान

पुरूष वा महिलाले संभोग गरेपछि वा वीर्य स्खलित पछि (चाहे ब्यूँझेको अवस्थामा होस् वा निदाएको बेला) अनिवार्य रुपमा नुहाउनु पर्छ, नत्र सलाह पढ्न वा जुन कार्यको लागि पवित्रता शर्त छ त्यो काम गर्न मिल्दैन । त्यस्तै महिलाले रजस्वला वा सुत्केरीको रक्तस्राव समाप्ति पछि अनिवार्य रुपमा नुहाउनु पर्छ, नत्र सलाह पढ्न वा जुन कार्यको लागि पवित्रता शर्त छ त्यो काम गर्न मिल्दैन ।

नुहाउने तरिका :

मुस्लिमले पवित्रताको नीयतले पूरै शरीरलाई पानीले राम्रोसँग भिजाउनु पर्याप्त हुन्छ, साथै कुल्ला गर्नु र नाकमा पानी हालेर सफा गर्नुपर्छ । त जब मान्छेले पूर्ण शरीरलाई पानले भिजाइहाल्छ त त्यो ठूलो अपवित्रताबाट पवित्र भइहाल्छ र त्यसलाई पूर्ण शुद्धता र पवित्रता प्राप्त भइहाल्दछ ।

ठूलो अपवित्रतापछि ननुहाएसम्म निम्नलिखित कार्यहरू गर्न निषेध गरिएको छ:

०१ सलाह पढ्न ।

०२ कअ्बाको तवाफ (परिक्रमा) गर्न ।

०३ मस्जिदमा बस्न तर मस्जिदको बाटो भएर बिना बसिकन् बाहिर जान जायज छ ।

०४ कुरआन छुन ।

०५ कुरआन पढ्न ।

तयम्मुम

यदि कुनै मुस्लिमले पवित्रता ग्रहण गर्न पानी पाएन वा कुनै रोग इत्यादिले गर्दा पानीको प्रयोग गर्न असमर्थ छ र नमाजको समय समाप्त हुने डर छ भने यस्तो अवस्थामा तयम्मुम (माटोबाट पवित्रता प्राप्त गर्ने तरिका) गर्नु जायज छ ।

तयम्मुमको तरिका : दुबै हातले भुइँमा एक पटक घस्नुहोस् अनि अनुहार र दुवै हातमा नाडीसम्म मल्नुहोस्, तर शर्त के छ भने माटो पवित्र हुनुपर्छ ।

निम्नलिखित कुराहरूले तयम्मुम भङ्ग हुन्छ :

१) जुन कुराले वजू भङ्ग हुन्छ, त्यही कुराले तयम्मुम पनि भङ्ग हुन्छ ।

जुन ईबादतको लागि तयाम्मुम गरिएको छ त्यो सुरु गर्नु अघि यदि पानी उपलब्ध भयो वा पानी प्रयोग गर्न सक्षम छ तयाम्मुम भङ्ग हुन्छ ।

सलाह पढ्ने तरिका

अल्लाहले हरेक मुस्लिममाथि दिन र रातमा पाँच पटक सलाह पढ्न अनिवार्य गर्नुभएको छम यी निम्न हुन् : फज्र, जुहर, अस्र, मग्रिब र ईशा । फज्रमा : २ रकअत : जुहरमा ४ रकत, अस्रमा ४ रकत, मग्रिबमा ३ रकत र ईशामा ४ रकत पढ्नुपर्छ ।

सलाहको तयारी गर्नु

सलाहको समय हुने बित्तिकै मुस्लिमले पवित्रता ग्रहण गर्छ र ठूलो अपवित्रता छ भने नुहाएर पवित्रता प्राप्त गर्छ ।

ठूलो अपवित्रता : यसलाई हदसे-अकबर भनिन्छ । यस्तो अवस्थामा अनिवार्य रूपमा नुहाउनु पर्छ ।

सानो अपवित्रता : यसलाई हदसे-असगर भनिन्छ । यस्तो अवस्थामा वजू गर्नु पर्याप्त हुन्छ ।

कुनै पनि मुस्लिमले आफ्नो गुप्ताङ्गलाई पूर्णरूपमा ढाक्ने खालको सफा लुगा लगाएर जुनसुकै पवित्र स्थानमा सलाह पढ्न सक्दछ ।

सलाह पढ्ने बेला मुस्लिमले सकेसम्म आफुसँग भएका उत्कृष्ट र अङ्ग ढाक्ने कपडा लगाउनु पर्दछ । अनि पुरुषले नाईटोदेखि घुँडासम्म छोप्नु अनिवार्य छ ।

महिलाले सलाह पढ्दा अनुहार र हात बाहेक सम्पूर्ण शरीरलाई छोप्नु अनिवार्य छ ।

सलाह पढ्दा इमाम (अगुवा) ले पढेको आयातहरू चुपचाप सुन्नुपर्ने हुन्छ । दुआ र प्रार्थना बाहेक अन्य कुरा गर्नु अनि यताउता फर्किनु वा दायाँबायाँ हेर्नु हुँदैन । यदि कसैले भर्खर इस्लाम ग्रहण गरेको छ र उसलाई केही आउँदैन भने उसले नमाज समाप्त नभएसम्म (सुबहनाल्लाह) (अल्हम्दुलिल्लाह) (अल्लाहु-अक्बर) पढ्नु पर्याप्त हुन्छ । तर सकेसम्म सलाहका अनिवार्य कुराहरू छिट्टै सिक्नु र कण्ठ गर्नु राम्रो हो ।

सलाह पढ्ने तरिका

चरण १ : नीयत अर्थात पढ्न लागेको फर्ज सलाहको हृदयमा नीयत गर्नुहोस् ।

वजू गरेपछि म किब्लाहतर्फ अनुहार फर्काएर उभिएर सलाह पढ्दछु यदि म यस्तो गर्नुमा सामर्थ्यवान छु ।

चरण २: दुवै हातलाई काँध बराबर उठाएर अल्लाहु अकबर भन्दै सलाह आरम्भ गर्नुहोस् ।

चरण ३: यो (दुआ उल्-इस तिफताह) पढ्नुहोस् :'सुब्हान कल्लाहुम्म व बिहम्दि क व तबा र कस्मु क व त आ ला जद्दु क व ला इला ह गैरू क' ।

चरण ४: श्रापित शैतानबाट अल्लाहको शरणमा आउन यो दुआ पढ्नुहोस्:'अऊजो बिल्लाहि मिनश्शैतानिर्रजीम' ।

चरण ५ : प्रत्येक रकात (चोटि) मा निम्नलिखित सूरत अल-फातिहा पढ्नुहोस् :﴿بسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ (1) १) बिस्मिल्ला हिर्रहमा निर्रहीम ।الْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ (2) २) अल्हम्दु लिल्लाही रब्बिल् आलमीन ।الرَّحْمَنِ الرَّحِيمِ (3) ३) अर्रह्मा निर्रहीम ।مَالِكِ يَوْمِ الدِّينِ (4) ४) मालिकि यौमिद्दीन ।إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ (5) ५) इय्याक नाअ बुदु व इय्याक नस्तईन् ।اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ (6) ६) इह् दिनस्सिरा तल मुस्तकीम ।صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ(7)﴾. ७) सिरातल्लदीन अन् अम्त अलै हिम, गैरिल-मग्दूबि अलै हिम व लद्दाल्लीन ।

सूरह फातिहा पढिसकेपछि पहिलो र दोस्रो रकातमा कुनै अन्य सूरह पढ्नु सुन्नत हो । सूरह पढ्नु अनिवार्य त छैन, तर उत्तम हो ।

चरण ६ : त्यसपछि अल्लाहु-अकबर भन्दै रुकू गर्नु (झुक्नु) पर्छ । दुवै हातले दुवै घुँडा समाउनु, औंलाहरू खुला राख्नु अनि आफ्नो पीठलाई सिधा परेर बराबर राख्नु सुन्नत हो । रुकूमा 'सुब्हा न रब्बियल्-अजीम' पढ्नु पर्छ ।

चरण ७ : रुकूपछि 'समि अल्लाहु लिमन् हमिदह' भन्दै दुवै हात काँधसम्म उठाउँदै सिधा उभिएर 'रब्बना व लकल्-हम्द' भन्नु पर्छ ।

चरण ८ : त्यसपछि 'अल्लाहु-अकबर' भन्दै सज्दा (ढोग) गर्नुपर्छ । दुवै हात, दुवै घुँडा, दुवै खुट्टा र निधार नाकसहित भुईमा टेकेर सज्दा (ढोग) गर्नुपर्छ अनि 'सुब्हान रब्बियल्-आ ला' भन्नु पर्छ ।

चरण ९ : त्यसपछि 'अल्लाहु-अकबर' भन्दै बायाँ खुट्टा पल्टाएर त्यसमाथि नितम्ब राखेर पीठ सिधा गरेर बस्नु पर्छ र दायाँ खुट्टालाई सीधा ठाडो पारेर राख्नु पर्छ अनि (रब्बिग् फिरली) पढ्नुपर्छ ।

चरण १० : फेरी 'अल्लाहु-अकबर' भन्दै पहिले झैं दोस्रो सज्दा (ढोग) गर्नुपर्छ ।

चरण ११ : अल्लाहु-अक्बर भन्दै सज्दा (ढोग) बाट सीधा उभिनुपर्छ अनि पहिलो रकातमा गरे झैं बाँकी रकातहरू पुरा गर्नु पर्छ ।

यदि जुहर, अस्र, मगरिब र ईशाको सलाह हो भने दोस्रो रकात पछि पहिलो तशाहहुद मा बसेर निम्न दुआ पढ्नुपर्छ :(अत्तहीयातु लिल्लाहि वस्स ल वातु वत्तैये बातु अस्सलामु अलैक अय्यो हन्नबी यो वरह मतुल्लाहि व बरकातुहु अस्सलामु अलैना वअला एबादिल्ला हिस्साले हीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह) ।त्यसपछि तेस्रो रकातको लागि उभिएर बाँकी रकात पुरा गर्नु पर्छ ।

हरेक सलाहको अन्तिम रकातपछि बसेर अन्तिम तशह्हुदमा पहिले अत्तहीयात र त्यसपछि 'दरुद-शरीफ' पढ्नुपर्छ :(अत्तहीयातु लिल्लाहि वस्स ल वातु वत्तैये बातु अस्सलामु अलैक अय्यो हन्नबी यो वरह मतुल्लाहि व बरकातुहु अस्सलामु अलैना वअला एबादिल्ला हिस्साले हीन, अश्हदु अल्ला इलाह इल्लल्लाहु व अश्हदु अन्न मुहम्मदन् अब्दुहू व रसूलुह) । (अल्लाहुम्म सल्लि अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा सल्लै त अला इब्राहीम्, व अला आलि इब्राहीम इन्नक हमीदुम्मजीद । अल्लाहुम्म बारिक अला मुहम्मद्, व अला आलि मुहम्मद्, कमा बारक्त अला इब्राहीम्, व अला आलि इब्राहीम, इन्नक हमीदुम्मजीद) ।

चरण १२ : त्यसपछि पहिला दायाँ तर्फ गर्धन घुमाउदै 'अस्सलामु अलैकुम व रहमतुल्लाह' भन्नु पर्छ, अनि फेरी बायाँतिर गर्धन घुमाउदै 'अस्सलामु अलैकुम व रहमतुल्लाह' भन्नु पर्छ । यसरी तपाईंको सलाह सम्पन्न हुन्छ ।

मुस्लिम महिलाको पर्दा

महान अल्लाहले भन्नुभएको छ :﴿يَا أَيُّهَا النَّبِيُّ قُلْ لِأَزْوَاجِكَ وَبَنَاتِكَ وَنِسَاءِ الْمُؤْمِنِينَ يُدْنِينَ عَلَيْهِنَّ مِنْ جَلَابِيبِهِنَّ ذَلِكَ أَدْنَى أَنْ يُعْرَفْنَ فَلَا يُؤْذَيْنَ وَكَانَ اللَّهُ غَفُورًا رَحِيمًا﴾ हे नबी, आफ्ना श्रीमतीहरू, छोरीहरू र मोमिनहरूका श्रीमतीहरूलाई भनिदिनुहोस्, उनीहरू आफ्ना अनुहार पछ्यौरीले छोपेर बाहिर निस्कुन् । ताकि उनीहरूको पहिचान होस् र बाटोमा कसैले दु:ख नदियोस् । अल्लाह अत्यधिक माफ गर्नेवाला र दया गर्नेवाला हुनुहुन्छ ।(अल्-अहजाब : ५९)

अल्लाहले मुस्लिम नारीलाई गैर-महरम (पर-पुरुष) सँग पर्दा (हिजाब) गर्न, आफ्नो संवेदनशील अङ्ग र पूर्ण शरीरलाई चलनचल्तीमा रहेको पोशाकले ढाक्न आदेश दिनुभएको छ । महिलाले आफ्नो श्रीमान वा महरम बाहेक अरू कसैको अगाडि घुम्टो (पर्दा) फुकाल्नु जायज छैन । जोसँग विवाह गर्न अनुमति छैन उसलाई महरम भनिन्छ, र ती हुन् :(बुवा, हजुरबुवा वा यस भन्दा माथि । छोरा, नाति वा यस भन्दा तल । काकाहरू, मामाहरू, दाजुभाइ, भतिजा, भान्जा, सौतेला बुवा, ससुरा बा वा यस भन्दा माथि, सौतेनी छोरा वा यस भन्दा तल र जुवाई । दूधको नाताले ती सबै नाताहरू अवैध हुन्छन् जुन हाडनाताबाट अवैध हुन्छ ।

मुस्लिम महिलाले लुगाफाटा लाउँदा निम्नलिखित नियमहरूको पालना गर्नुपर्छ :

पहिलो : सम्पूर्ण शरीरलाई ढाक्ने खालको कपडा हुनुपर्छ ।

तेस्रो : पातलो र अङ्ग देखिने पारदर्शी कपडा नहोस् ।

तेस्रो : पातलो र अङ्ग देखिने पारदर्शी कपडा नहोस् ।

चौथो : अङ्गको आकार देखिने कसिलो र छोटो लुगा नहोस् । त्यसैले पोशाक फराकिलो र खुकुलो हुनुपर्दछ ।

पाँचौं : अत्तर वा परफ्युम लगाइएको सुगन्धित लुगा नहोस् ।

छैठौं : पुरुषले लगाउने पोशाकसँग मिल्दा-जुल्दा नहोस् ।

सातौं: गैर-मुस्लिम महिलाहरूले उपासना र चाडपर्वमा लगाउने विशेष पोसाक नहोस् ।

आस्थावानका केही विशेषताहरू

महान अल्लाहले भन्नुभएको छ :﴿إِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ إِذَا ذُكِرَ اللَّهُ وَجِلَتْ قُلُوبُهُمْ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ﴾ वास्तविक मोमिनहरू केवल ती हुन्, जब उनीहरू अल्लाहलाई याद गर्छन् तब तिनीहरुका हृदयमा डर पैदा हुन्छ । जब उनीहरूलाई कुर्आन पढेर सुनाइन्छ तब उनीहरूको ईमानमा बढोत्तरी हुन्छ । उनीहरू मात्र आफ्ना पालनकर्तामाथि भरोसा राख्छन् ।(अल्-अन्फाल : २)

सत्य बोल्छ, झुठो बोल्दैन ।

वाचा र करार पूरा गर्छ।

झगडामा गालीगलौज गर्दैन ।

अमानत (नासो) लाई सुरक्षित राख्छ ।

जुन कुरा आफ्नो लागि रोज्छ त्यही कुरा आफ्नो मुस्लिम दाजुभाइको लागि पनि रोज्छ ।

उदार र मनको धनी हुन्छ ।

नातेदारसँग राम्रो सम्बन्ध राख्छ ।

मानिसहरूसँग राम्रो व्यवहार गर्छ ।

अल्लाहको फैसलामा राजी र सन्तुष्ट हुन्छ, सुखमा उहाँको कृतज्ञता व्यक्त गर्छ र दु:खमा धैर्य गर्छ ।

ऊ लजालु र सभ्य हुन्छ ।

अरूमाथि दया गर्छ ।

उसको हृदय इर्ष्या, डाहा जस्ता रोगबाट शुद्ध हुन्छ । कसैमाथि अन्याय गर्दैन ।

अरूलाई क्षमा गरिदिन्छ ।

उसले ब्याज खादैन र ब्याजको कारोबार पनि गर्दैन ।

उसले व्यभिचार गर्दैन ।

उसले रक्सी पिउँदैन ।

आफ्ना छरछिमेकीहरूसंग राम्रो व्यवहार गर्छ ।

उसले न त दमन गर्छ न विश्वासघात नै ।

उसले न त चोरी गर्छ न धोका दिन्छ ।

ऊ आफ्ना आमा बुवाप्रति वफादार र निष्ठावान हुन्छ, चाहे उनीहरू गैर मुस्लिम किन होउन । जायज कुरामा उनीहरूको आज्ञापालन र उत्कृष्ट व्यवहार गर्छ ।

उसले आफ्ना बच्चाहरूलाई सद्गुणको तालिम दिन्छ, इस्लामले अनिवार्य गरेका कुराहरूको पालना गर्न आदेश दिन्छ र उनीहरूलाई अनैतिक र वर्जित (हराम) कार्यहरू गर्न मनाही गर्दछ ।

ऊ गैर मुस्लिमहरूको धार्मिक कार्यहरू, विशेष धार्मिक अर्थ बोकेका चिन्हहरूको प्रयोग र अनुकरण गर्दैन ।

मेरो खुशी मेरो इस्लाम धर्ममा हो

महान अल्लाहले भन्नुभएको छ :﴿مَنْ عَمِلَ صَالِحًا مِنْ ذَكَرٍ أَوْ أُنْثَى وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُمْ بِأَحْسَنِ مَا كَانُوا يَعْمَلُونَ﴾ जसले सत्कर्म गर्छ चाहे ऊ पुरुष होस् या महिला, यदि ऊ आस्थावान हो भने हामी उसलाई दुनियाँमा सुखमय जीवन प्रदान गर्नेछौं र उसले गरेका सत्कर्मको उत्तम बदला आखिरतमा दिनेछौं ।(अन्-नहल : ९७)

एउटा मुस्लिमको एकदमै खुशी र गर्वको क्षणमा ऊ आफ्नो पालनकर्ता (अल्लाह) सँग प्रत्यक्ष कानेखुसी गर्न सक्छ । कुनै पनि महान जीवित र मृत व्यक्तित्व वा प्रतिमाको माध्यम चाहिँदैन । अल्लाह आफ्ना भक्तहरूसित सधैं नजिक हुनुहुन्छ, उनीहरूको गुहारलाई सुन्नुहुन्छ र पुरा गर्नुहुन्छ । अल्लाहले भन्नुभएको छ :﴿وَإِذَا سَأَلَكَ عِبَادِي عَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَعْوَةَ الدَّاعِ إِذَا دَعَانِ فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ﴾ यदि मेरा भक्तहरू मेरो बारेमा तपाईंलाई सोध्छन् भने भनिदिनुहोस्, म उनीहरूदेखि एकदमै नजिक छु, पुकार्नेवालाको पुकारलाई स्वीकार गर्छु । अतः उनीहरूले मलाई पुकारून् र मेरो आदेशको पालना गरुन । आशा छ उनीहरूले ठीक तरिका अपनाउने छन् ।(अल्-बकरह : १८६)अल्लाहले हामीलाई दुआ गर्न आदेश दिनुभएको छ । आफ्नो प्रभुसित नजिकिने सबैभन्दा ठूलो साधन भनेको दुआ हो, अल्लाहले भन्नुभएको छ :﴿وَقَالَ رَبُّكُمُ ادْعُونِي أَسْتَجِبْ لَكُمْ﴾ "तिम्रा पालनकर्ताले भन्नुभएको छ : मलाई नै पुकार, म तिमीहरूको पुकार सुन्दछु ।"(गाफिर : ६०)सच्चा मुस्लिमले सँधै आफ्नो ईश्वरसित सुमधुर सम्बन्ध राख्छ । उहाँसित सधैं दुआ गर्छ र सत्कर्म गरेर उहाँसँग नजिक हुन्छ ।

अल्लाहले हामीहरूलाई एउटा महान उद्देश्यको लागि यस ब्रह्माण्डमा सृष्टि गर्नुभएको हो । उहाँले हामीलाई व्यर्थै सृष्टि गर्नुभएको होइन; त्यो उद्देश्य के हो भने मात्र उहाँको उपासना गर्नु र उहाँको उपासनामा अरु कसैलाई साझेदार नगर्नु । उहाँले हामीलाई यस्तो ईश्वरीय धर्म प्रदान गर्नुभएको छ, जसमा हाम्रा निजी र सार्वजनिक सबै मामिलाहरूलाई स्पष्ट पारेको छ । यो न्यायपूर्ण विधिविधान (शरिया) द्वारा जीवनका मौलिक हक अधिकार; जीउ, धन, बुद्धि, बंश र धर्मको सुरक्षाको प्रत्याभूति प्रदान गरेको छ । जो कोही इस्लामी आदेशहरूको पालना गर्छ र वर्जित कार्यहरूबाट टाढा बस्छ उसको जीवन एकदमै सहज र सुखमय हुन्छ ।

एउटा मुस्लिम भक्तको सम्बन्ध आफ्नो पालनकर्तासँग जति गहिरो हुन्छ, उसले त्यति नै सुख, शान्ति, समृद्धि र खुशी प्राप्त गर्छ । ऊ जहाँ भएपनि, म सँग मेरो अल्लाह हुनुहुन्छ र मेरो लागि उहाँ नै पर्याप्त हुनुहुन्छ भन्ने उसलाई महसुस हुन्छ । अल्लाहले भन्नुभएको छ :﴿اللَّهُ وَلِيُّ الَّذِينَ آمَنُوا يُخْرِجُهُمْ مِنَ الظُّلُمَاتِ إِلَى النُّورِ﴾ अल्लाह मोमिनहरूका संरक्षक हुनुहुन्छ । उहाँले उनीहरूलाई अन्धकारहरूबाट निकालेर प्रकाशतर्फ डोर्याउनुहुन्छ ।(अल्-बकरह : २५७)

यो एक भावनात्मक सम्बन्ध हो जसले परम दयालु अल्लाहको यो एक भावनात्मक सम्बन्ध हो जसबाट परम दयालु अल्लाहको उपासनामा एकदमै हर्ष र उमंग मिल्छ, उहाँलाई भेट्न आतुर हुन्छ र ईमानको मिठास महसुस गरेर ऊ खुशीले गदगद हुन्छ ।

वास्तवमा ईमानको मिठास र आनन्दको वर्णन मात्र त्यो व्यक्तिले गर्न सक्छ जसले अल्लाहको आदेशको पालना गरेर र हराम कार्यबाट टाढा रहेर यसको वास्तविक आनन्द लिएको छ । त्यसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ :"जसले अल्लाहलाई सृष्टिकर्ता, इस्लामलाई धर्म र मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) लाई रसूल मानेर आत्मसात गरेको छ, उसले मात्र ईमानको स्वाद चाखेको छ ।"

हो, यदि कुनै व्यक्तिले आफ्नो सृष्टिकर्ताको अगाडि आफ्नो वास्तविक उपस्थिति महसुस गर्दछ, आफ्नो सृष्टिकर्तालाई उहाँका नामहरू र अत्यन्तै सुन्दर गुणहरूले चिन्छ, उहाँको उपासना गर्दा उहाँलाई देखिरहेको महसुस गर्छ र निष्ठा भएर मात्र उहाँको उपासना गर्छ भने उसले यस संसारमा सुखमय र आनन्दित जीवन बिताउनेछ र आखिरतमा उत्कृष्ट परिणाम प्राप्त गर्नेछ ।

यहाँसम्म कि मोमिनले भोग्नुपरेको दु:ख, पीडा, विपत्ति इत्यादि सबै ईमानको शक्ति, भाग्यमाथिको आस्था र अल्लाहको फैसलामा पूर्ण सन्तुष्टिले विलिन अर्थात परास्त हुन्छ ।

सुख, शान्ति र समृद्धि निरन्तर रुपमा चाहनुहुन्छ भने अल्लाहको अत्याधिक स्मरण गर्नुहोस् र गुणगान गाउनुहोस्, त्यसैगरी कुर्आनको तिलावत (पाठ) गर्नुहोस् । अल्लाहले भन्नुभएको छ :﴿الَّذِينَ آمَنُوا وَتَطْمَئِنُّ قُلُوبُهُمْ بِذِكْرِ اللَّهِ أَلَا بِذِكْرِ اللَّهِ تَطْمَئِنُّ الْقُلُوبُ﴾ अल्लाहको गुणगान र प्रशंसाबाट आस्थावानका हृदयमा सन्तुष्टि प्राप्त हुन्छ, अल्लाहको स्मरणबाट नै हृदयहरू सन्तुष्ट हुने गर्छन् ।(अर्राद : २८)मुस्लिमले जति धेरै अल्लाहको गुणगान, प्रशंसा र कुर्आनको तिलावत (पाठ) गर्छ, त्यसरी नै अल्लाहसँग उनको सम्बन्ध बढ्दै जान्छ र उसको आत्मको शुद्धिकरण र उसको विश्वास बलियो हुन्छ ।

त्यसैगरी मुस्लिमले इस्लामको सही र भरपर्दो स्रोतबाट ज्ञान सिक्न उत्सुक हुनुपर्दछ ताकि उसले सही तरिकाले पूर्ण विश्वासका साथ अल्लाहको उपासना गर्न सकोस् । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ :(प्रत्येक मुस्लिमले अनिवार्य रुपमा ज्ञान सिक्नुपर्छ) ।आफुलाई पूर्णरुपमा आफ्नो सृष्टिकर्ता; अल्लाहको आज्ञाप्रति समर्पित गर्नुपर्छ, चाहे त्यसको अभिप्राय थाहा होस् वा नहोस् ।अल्लाहले भन्नुभएको छ :﴿وَمَا كَانَ لِمُؤْمِنٍ وَلَا مُؤْمِنَةٍ إِذَا قَضَى اللَّهُ وَرَسُولُهُ أَمْرًا أَنْ يَكُونَ لَهُمُ الْخِيَرَةُ مِنْ أَمْرِهِمْ وَمَنْ يَعْصِ اللَّهَ وَرَسُولَهُ فَقَدْ ضَلَّ ضَلَالًا مُبِينًا﴾ कुनै पनि मामिलामा अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को निर्णय आएपछि मोमिन पुरुष र महिलाको लागि त्यसलाई स्वीकार गर्ने वा नगर्ने विकल्प बाँकी रहदैन । जुन मानिसहरू अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को अवज्ञा गर्छन् तिनीहरू स्पष्टरूपमा पथभ्रष्ट हुन्छन् ।(अल्-अहजाब : ३६)

व सल्लल्लाहु अला नबीयेना मुहम्मद व अला आलेही व सहबेही अजमईन ।

समाप्त

विषय सूची

संख्या

बिषय

पृष्ठ

आवरणमा फर्कन

विषय सूचीमा जानुहोस्

पुस्तकबारे आफ्नो अनुभव दिनुहोस्

कृपया वेबसाइट हेर्नुहोस्

मोबाइल अन्तर्क्रियात्मक पुस्तक

शीर्षकमा जान क्लिक गर्नुहोस्

आवरणमा फर्कन तस्वीरमा क्लिक गर्नुहोस्

बारकोड स्क्यान गर्नुहोस्

शैक्षिक प्रस्तुति (PowerPoint)

परियोजनाका केही उत्पादनहरू

छापिएको पुस्तक

मोबाइल पुस्तक

वेबसाइट

पावरपोइन्ट प्रस्तुति

स्मार्टफोन संस्करण

नयाँ मुस्लिमको लागि संक्षिप्त उपयोगी पुस्तिका

भूमिका

मेरो ईश्वर (प्रतिपालक), अल्लाह हो

मेरो नबी, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्छ

पवित्र कुरआन, मेरो प्रतिपालकको वाणी हो

इस्लामका आधारहरूको परिचय

ईमानका ६ वटा आधारहरू

वजू गर्ने तरिका

चर्मको मोजा र अन्य मोजामाथि मसह गर्नु

स्नान

तयम्मुम

सलाह पढ्ने तरिका

मुस्लिम महिलाको पर्दा

मेरो खुशी मेरो इस्लाम धर्ममा हो

معلومات المادة باللغة العربية